१६ असार २०८३, मंगलबार 1782852013
Banner

प्रधानमन्त्री देउवाले आज मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने हुनुभएको छ ।

तीन दिने औपचारिक भ्रमणमा शुक्रबार दिल्ली जानुभएका देउवाले आज प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा देउवा र मोदीबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। मोदीले नेपाली समकक्षीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन्।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम रहेको छ।

यस्तै आजै दुवै देशका प्रधानमन्त्रीले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा दिल्लीबाटै संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्ने कार्यक्रम छ।

देउवाले आजै भारतीय उपराष्ट्रपति वेन्कैया नायडुसँग पनि भेट गर्ने छन्। आज दिल्लीमा व्यस्त रहेका देउवा भोलि उत्तर प्रदेश जाने र त्यहाँ काशी विश्वनाथको दर्शन गरेर फर्किने दिल्लीबाट काठमाडौं आउने कार्यक्रम छ ।

देउवाले हिजो भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पार्टी कार्यालयमै पुगेर भेटवार्ता गर्नुभएको थियो ।