काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ।
भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सुरु भएको हो।
तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले दोस्रो दिन समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन्। लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका छ। प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।
त्यसैगरी दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्त्वपूर्ण घोषणा हुने जनाइएको छ । प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।
प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव छन् ।