२७ भदौ २०८३, शनिबार 1789242168
Banner

खेल हेर्न श्रीलंका उडे रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन्। एसिया कप अन्तर्गत भोलि हुने नेपाल र भारतबीचको खेल हेर्न लामिछाने आज दिउँसो श्रीलंका गएका हुन्।

लामिछानेले आफू श्रीलंकामा रहँदासम्म उपसभापति डोलप्रसाद अर्‍याललाई कार्यवाहक सभापति तोकेका छन्।

यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ।

एसिया कपमा समूह चरणको अन्तिम खेल नेपालले भोलि सवा तीन बजेदेखि सुरू हुनेछ। नेपालले यसअघि पाकिस्तानसँग खेलेको थियो।

उक्त खेल हेरेर रास्वपा सभापति लामिछाने मंगलबार फर्कने बताइएको छ।