देशको दिर्घकालिन हित र दिगो विकासको लागि दान अनुदानमा आधारित विकास होइन, योगदानमा आधारित विकासको रणनीतिलाई हामीले अपनाउनु पर्छ। दान अनुदानका कारणले हाम्रा क्षमताहरू प्रयोग भएनन् र आयातित मुद्दाले प्राथिमकता पायो। त्यसैले देशको नीति नागरिकदेखि नेतृत्वसम्मले आफ्ना क्षमतानुसार योगदान गर्न सहयोगी हुनुपर्छ। तर समाजको चरित्र भने विचित्रको बन्दैछ, त्यसैले त यहाँ इमानदार बन्नभन्दा बेइमान बन्न सजिलो हुँदैछ, बेइमान कै बोली बिक्छ।ु इमान जमान भन्ने कुरो एकादेशको कथा बन्दैछ। तर समाजको यो खालको चरित्र धेरै समय टिक्नेवाला छैन् किनभने इमानका अगाडि बेइमानको उचो शिर हुन सक्दैन् किनकी इमानलाई सत्यको साथ छ।
आज बोल्नेको पिठो बिक्ने तर नबोल्नेको चामल पनि नबिक्ने समय हो।
डिजिटल विश्वको यो नै सबभन्दा ठूलो कमजोरी हो।
एकोहोरो हल्ला गर्नुपर्छ, प्रभाव विस्तार गर्न सकिन्छ तर टिकाउ हुन्छ भन्न सकिन्न।
भनिन्छ, प्रायः बिकाउ वस्तु टिकाउ हुँदैन्।
अब भन्नुस्, हल्लाको पछि लाग्ने कि नलाग्नेरु
त्यसैले यतिबेला नागरिकले हल्लामा प्रभावित भएर होइन, आफ्नो विवेक र चेतनाको प्रयोग गरेर निर्णयमा पुग्नुपर्छ।
नेपालमा एउटा तप्का फेरि अमेरिका र एमसीसी परियोजनाको विरोधमा देखिएको छ। तर उनीहरूमा देशको विकासमा नागरिकले के कति योगदान गर्नुपर्छ भन्ने न विचार छ न त नीति नै । त्यसैले त उनीहरू विरोधमात्र गरिरहछन् अनि दान अनुदानको विकल्प के हो भनेर प्रश्न गरियो भने नाजवाफ हुन्छन्। तर आफ्ना छोराछोरीहरूलाई भने अमेरिकी नागरिक बन्ने उद्देश्यका साथ अमेरिका पठाएका छन्।
दान अनुदानले नेपालमा स्वछन्दता र अराजकता मात्र बढेको छैन्, सांस्कृतिक र धार्मिक अतिक्रमण पनि बढेको छ। अहिले एमसीसी परियोजनाको विरोध गर्न पनि अनुदान लिइएको छ। बेइमानहरू शासक बनेर इमानमाथि शासन चलाईरहेका छन्। उत्पादन र सेवाको क्षेत्रमा परिश्रम विदेशी भूमिमा गर्ने अनि समृद्धि देशको खोज्ने चेतनाले हिजोभन्दा आज हामीलाई कमजोर बनाएको छ र देशमा परनिर्भरता बढेको छ। जबसम्म देशमा यो खालको अभ्यासले प्राथमिकता पाइरहन्छ तबसम्म देशले समृद्धिको यात्रा व्यावहारिक रूपमा अघि बढाउने सामर्थ्य विकास गर्न सक्दैन्।
खराब शैक्षिक तथा आर्थिक नीतिका कारण नेपालमा परनिर्भरता बढ्दा देशको विकासमा मात्र होइन, सामान्य प्रशासन चलाउन पनि दान अनुदान र ऋण लिनुपर्नु पर्ने भएको छ। आज त्यही परनिर्भरताका कारणले अमेरिकी स्वार्थमा एमसीसी परियोजना कार्यान्वयन हुँदैछ। तर दान अनुदान विष हो भन्ने कुरा हामीले बु्झेनौं। जसका कारणले नेपालमा बेइमानहरू निर्णायक तहमा पुग्ने सहज वातावरण बन्दैछ।
कम्फर्टेबल गठबन्धनको नेता, नीति र नियत सबै खराब
खराबलाई कतिञ्जेल राज्य सञ्चालनको जिम्मेवारी दिईरहने ?
उत्तर खोज्न ढिलाई नगरौं
लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउने प्रगतिशील लोकतान्त्रिक र देशभक्त राजनीतिक विचारलाई जनादेशबाट सत्ताको नेतृत्व गर्ने वातावरण बनाउन योगदान गरौं। अनि बेइमानहरूलाई दण्डित बन्ने परिस्थिति विकास गर्नुपर्ने समय बनेको छ। हामी वैश्वीक नागरिक बन्ने बनाउने दृष्टिकोणका साथ डिजिटल विश्वमा डिजिटल शिक्षा र साक्षरता कार्यक्रममा राज्यले लगानी गर्नुपर्छ। जसले समाज, राष्ट्र र विश्वलाई ठीक ढंगले चिनेर बुझेर आफूलाई इमानका साथ सकारात्मक र रचनात्मक रूपमा क्रियाशील हुने क्षमता र दक्षता विकास गर्छ।