५ भदौ २०८३, शुक्रबार 1787325572
Banner

नयाँ नेतृत्वका लागि एमाले लुम्बिनीमा आज मतदान हुर्दै

बुटवल–नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ। बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा निर्वाचन हुने निश्चित भएको हो। 

सर्वसम्मतमा नेतृत्व चयन गर्ने विषयमा नेताहरुबीच सहमति नभएपछि राति ८ बजेदेखि मतदान हुने भएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ।  राति ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले जानकारी दिनु भयो। 

प्रदेश अध्यक्षको लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन्। लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।