२८ भदौ २०८३, आइतबार 1789339096
Banner

ललिता निवास जग्गा प्रकरणमा आजपनि थुनछेक बहस जारी


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि आजपनि थुनछेक बहस जारी छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरू भएको हो।
थुनामा रहेका १८ जनाको बयान सकिएसँगै गत भदौ १७ गतेदेखि थुनछेक बहस सुरू भएको हो।

सरकारी तर्फका कानुन व्यवसायीहरूले बहस गरिरहेको अदालत प्रशासनले जनाएको छ। दुवै तर्फका कानुन व्यवसायीको बहस सकिएपछि पक्राउ परेकाहरूलाई थुनामा राख्ने किन धरौटीमा छोड्ने आदेश आउनेछ।