११ कार्तिक २०८१, आइतबार 1730038812
Banner

काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।

वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनको शोकमा महानगर र मातहतका कार्यालयमा बिदा दिइएको हो।

शिक्षण संस्थामा भने बिदा नहुने महानगरले जनाएको छ ।

डेंगु र निमोनियाबाट पीडित अध्यक्ष रिजालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।