७ असार २०८३, आइतबार 1782083297
Banner

माओवादीहरू गायत्री मन्त्र जप्दैनन्, ओम्नी र यतीमात्रै भन्छन्: अध्यक्ष ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी-यती र भाटभटेनीमात्रै भन्ने गरेको बताउनु भएको छ।

एमालेनिकट सहकारी तथा गरिबी निवारण विभागले आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सोलुको एउटा बच्चा भारी बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाको छ। पर्यटन, होटल पनि चलाएको छ। अहिले माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी-ओम्नी, यती-यती, भाटभटेनी-भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरिखायो ? खान दिनु हुँदैनमात्रै भन्छन्।’

अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले राष्ट्रिय उद्योगपतिलाई छानीछानी लखेटेको आरोप लगाउनु भयो। उहाँले भन्नुभयो, ‘मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गर्‍या ? पाँच/छ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउन लाग्ने, लगाउने भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि !, ती ठूला कुरा गर्ने तर, सरकार अड्डामा गएर जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? मीनबहादुर गुरुङ सबै तिनीहरु बाँडेर खाउँ भनेर छाडेर हिँड्यो ? होइन त्यो कतातिर भारी बोकेर हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति हुने भनेर देखी सकेनन्।’

यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पूँजीवादीहरु भएको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो।