८ मंसिर २०८१, शनिबार 1732360918
Banner

नेम्वाङका दुवै छोरा नेपाल आइपुगे, हिन्दु र लिम्बू संस्कारअनुसार दाहसंस्कार गरिने

काठमाडौं । दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् ।

बेलायतमा रहेका जेठा छोरा र अष्ट्रेलियामा रहेका कान्छा छोरा बुबाको अन्तिम संस्कारका लागि स्वदेश आइपुगेका हुन् ।

दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए ।

नेम्वाङको दाहसंस्कार हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने बताइएको छ ।

सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिइएको छ ।

Tags :