काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सदस्यले पैसा मागेको प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुने बताएको छ ।
पार्टीबाट निष्काषित डा. ढाकाकुमार श्रेष्ठले पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर तीन करोड रुपैयाँ माग गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर यस्तो बताएको हो ।
साथै, ढाकाकुमार श्रेष्ठको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले कुत्सित मनसायबाट पार्टीका नेताहरूको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।
मन्त्री बन्नाउन रास्वपाको कोर टिमले तीन करोड मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपश्चात पार्टीले श्रेष्ठलाई निष्कासन गरेको थियो ।
अहिले फेरि उक्त विषयलाई लिएर श्रेष्ठले विभिन्न सञ्चार माध्याबाट नेताहरूको नाम लिएपछि विज्ञप्ति निकालेको हो ।