१२ मंसिर २०८१, बुधबार 1732713410
Banner

सुवासचन्द्र नेम्वाङको शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै, शोकमा आज सार्वजनिक विदा

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ ।

उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले बुधवार साँझ एक विज्ञप्ति निकाल्दै अनुरोध गरेको छ ।

शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ । विदेशमा रहेका २ छोरा आउन केही ढिला भएकाले नेम्वाङको अन्त्येष्टि केही ढिला भएको हो । छोराहरू बुधवार नै नेपाल आइसकेकाले अन्त्येष्टि आजका लागि तय भएको हो ।

उनको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।