२७ भदौ २०८३, शनिबार 1789247271
Banner

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्। 

मंगलबार हृदयघातबाट संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो।

दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ। उनको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ। नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि आज दिउँसो ३ बजे बैठक बोलाइएको संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए। 

 यस्तै राष्ट्रिय सभा बैठक पनि आजै बोलाएको छ।  दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।