१० कार्तिक २०८१, शनिबार 1729987763
Banner

बालुवाटारबाट नेम्वाङको शवयात्रा सुरु

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको शव अन्त्येष्टिका पशुपतितर्फ लग्न सुरु भएको छ ।

बालुवाटार निवासबाट शव निकालेर शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो । शवयात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुकको सहभागिता छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ ।

Tags :