१० कार्तिक २०८१, शनिबार 1730002371
राजनीति

नेकपा एसद्वारा केन्द्रीय कमिटीको कार्यविभाजन हेरफेर, झाँक्रीलाई अमेरिका इन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्यविभाजन हेरफेर भएको छ ।

भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयबमोजिम पार्टी नेतृत्वको जिम्मेवारी हेरफेर भएको हो ।

अध्यक्ष नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चर्ज र पदाधिकारी तोकेको छ । यस्तै, जिल्ला/विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

यस्तै, बैठकले केन्द्रीय सचिव रामकुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको जिम्मेवारी दिएको छ । नेतृ झाक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकिएको छ ।

त्यस्तै स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले एसिया, अष्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी पाएका छन् भने अशोक थापाले भारत प्रवासको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

Tags :