१० कार्तिक २०८१, शनिबार 1729980583
Banner

प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित, प्रमद्वारा चीन र अमेरिका भ्रमणबारे जानकारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको समापन गर्दै सभामुख देवराज घिमिरेले बैठक आसोज १४ गते मात्रै बस्ने जानकारी दिएका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा चीन र अमेरिका भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई जानकारी दिएका थिए । प्रधानमन्त्रीले चीनको निमन्त्रणा र संयुक्त राष्टसंघको ७८औँ सभामा भाग लिन आफू देशबाहिर रहने जानकारी संसदलाई जानकारी गराए ।

संयुक्त राष्टसंघमा हुने साइड बैठकका लागि पनि आफूलाई निमन्त्रणा भएको उनले जानकारी दिए ।

२१ सेप्टेम्बरमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेकोसमेत उनले जानकारी दिए । सम्बोधनमा नेपालले शान्ति प्रक्रियामा खेलेको भूमिकालगायत विषय उल्लेख गर्ने प्रम दाहालले संसदलाई जानकारी गराए।

Tags :