१८ श्रावण २०८३, सोमबार 1785762160
Banner

छुरा प्रहारबाट एक युवकको हत्या

रौतहटमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बेलुका ९ बजे कटहरिया नगरपालिका–५ का २५ वर्षीय सुनिल यादवको छुरा प्रहार गरी हत्या भएको हो । प्रहरीले हत्या सुनिलकै उनकै छिमेकी ५० वर्षीय रामबाबु शाह गरेको बताएको छ ।

बेलुका सुनिलको घरभित्र छिरेर उनीमाथि रामबाबुले छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका सुनिललाई उपचारका लागि गौर पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

छुरा प्रहार गर्ने रामबाबुलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय गौरमा राखिएको छ। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Tags :