काठमाडौं । नेकपा एमालेका काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले आन्दोलनमा उत्रिएका शिक्षकका जायज मागमा पार्टीको समर्थन रहेको भन्दै शिक्षकमाथि कुनै कारबाही वा प्रतिशोध नलिन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं जिल्ला कमिटीको तर्फबाट इन्चार्ज पोखरेलले वक्तव्य जारी गर्दै गठबन्धन सरकारले शिक्षकको स्वाभिमान र अधिकारलाई कुण्ठित हुने गरी विद्यालय शिक्षा विधेयक ल्याएको आरोप समेत लगाएका छन्।
पोखरेलले विज्ञप्तिमा भनेका छन्,‘ गठबन्धन सरकारले शिक्षकको स्वाभिमानमा र अधिकारलाई कुण्ठीत हुने गरि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै लाखौ शिक्षकहरु ३ दिन देखी सडक आन्दोलनमा छन । सबै बिधालयहरु बन्द छन । समयमानै शिक्षकको माग संबोधन नगरि शिक्षाको ज्योती लोकतान्त्रिक आन्देलनका सहकर्मिहरुलाई सडकमा ऊत्रन बाध्य बनाऊने सरकार प्रति छोब ब्यक्त गर्दंछु । यो सरकारको असफलता हो । ऊनिहरुका जायज माग पुरा गर्न सार्थक बार्ताको माग् गर्दछु । म शिक्षक लगायत सबै पेशाकर्मिको जायज माग पुरा गर्न सरकार सॅग पुन अपिल गर्दछु । हामि सबैले ख्याल राख्नु पर्ने बिषय भनेको बिध्यार्थिको पढाई र ऊनिहरुको शैक्षिक भबिष्यको पनि हो । पेशाकर्मिहरुको जिम्मेवारी गुणस्तर सेवा प्रदान गर्नु पनि हो । यि बिषयलाई पनि प्रबुद्ध शिक्षकहरुले भुल्नु हैदन ।’