काठमाडौं । शिक्षकको आन्दोलनले काठमाडौंका सडक आजपनि अस्तव्यस्त बनेका छन् । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।
ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ ।
नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ । जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरानी खेप्नुपरेको छ । कतिपय गन्तव्यमा पुग्न नसकेका कारण पैदलै हिडन बाध्य भएका छन् । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् । आज विहान सरकारसँग बार्ता हुने भनिएपनि अहिले सम्म वार्ताको समय टुंगो लागिसकेको छैन । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता रोकिएपछि विगत तीन दिन देखि काठमाडौंमा टाफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।