काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले टिका र खादा लगाएर पार्टीमा उनलाई प्रवेश गराएका हुन् ।
यस्तै, गिरीसँगै माओवादी नेतृ सानुमाया मगर पनि एमाले प्रवेश गरेकी छन् । लामो समय रोल्पामा शिक्षण गरी योगदान गरेका गिरी माओवादीका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका सहपाठी हुन् ।
उनी रोल्पाका शैक्षिक अभियन्ता समेत हुन् । माओवादीबाट टिकट नपाएपछि उनी विद्रोह गरेपछि स्वतन्त्र थिए ।