४ भदौ २०८३, बिहिबार 1787263315
Banner

कुशल मल्लको कीर्तिमानी शतकमा नेपालले मंगोलियालाई दियो विशाल रनको लक्ष्य

काठमाडौं । नेपालले मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। चीनमा आयोजना भइरहेको एसियन गेम्सअन्तर्गतको टि २०आईमा नेपालले निर्धारित ओभरको खेलमा तीन विकेट गुमाएर ३१४ रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्लले शतक प्रहार गरे। उनले ५० बलमै १३७ रनको कीर्तिमानी शतक प्रहार गरेका हुन्। उनले मंगोलियाविरुद्ध १२ छक्का र ८ चौका प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले अर्धशतकसहित ६१ रनमा आउट भए। २७ बल खेलेका उनले ६ छक्का र २ चौका प्रहार गरे। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १० बलमै ८ छक्का प्रहार गर्दै अर्धशतकसहित ५२ रन बनाए।

ओपनर कुशल भुर्तेल १९ रनमा आउट हुँदा आसिफ शेख १६ रन बनाएर पेभेलियन फर्किएका थिए।