२४ मंसिर २०८१, सोमबार 1733794724
राजनीति

एमाले बागमती प्रदेश अध्यक्ष सहमतिमा चयन गर्ने प्रयास असफल

काठमाडौं । नेकपा एमालेको काठमाडौंमा जारी प्रथम अधिवेशनको अध्यक्ष सहमतिमा चयन गर्ने प्रयास प्रयास असफल भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको बैठकमा सहमति जुटन नसकेको हो । जसका कारण अब चुनाव हुने निश्चित नै छ ।

बैठकमा रहेका अध्यक्षको चर्चा गरिएका दुबै केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले एकजना मात्र केन्द्रीय सदस्यलाई फिर्ता गराएर सहमति हुन नसक्ने अडान लिएका थिए ।