१० कार्तिक २०८१, शनिबार 1729930769
खेलकुद

१९औं एसियाड : नेपालका नासिर याहा हुसेन हिट चरणबाट बाहिरिए

काठमाडौं । १९औं एसियाडअन्तर्गत पौडीमा नेपालका नासिर याहा हुसेन हिट चरणबाट बाहिरिएका छन् ।

शुक्रबार हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा भएको पुरुष ४०० मिटर फ्रिस्टाइलमा नासिर हिट चरणबाटै बाहिरिएका हुन् ।

हिट २ मा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी ४ मिनेट २२.०२ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भएका थिए ।

समग्रमा भने नासिर २५ खेलाडीमा २२औं स्थानमा रहे । यसअघि २०० मिटर फ्रिस्टाइलमा पनि नासिर हिट चरणबाटै बाहिरिएका थिए ।