२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:56 pm
Banner

एमाले बागमती प्रदेश कमिटीको चुनावमा १६२ पदमा निर्विरोध निर्वाचित

सूचना प्रेस २०८० आश्विन १२ शुक्रबार ००:००, १५:३७ बजे १ मिनेट पढाइ


काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको चुनावमा १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको आजसम्म आइपुग्दा २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएका छन् । ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिए ।

अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी रहेको छ । एमाले पार्टी कार्यालय च्यासलमा जारी अधिवेशनमा एमालेले ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरेको छ ।

बागमती प्रदेश अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल अघोषित प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।