९ मंसिर २०८१, आइतबार 1732472655
राजनीति

नेकपा एमाले कर्णाली प्रदेश मतगणनास्थलमा तोडफोड

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ ।

वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी भइरहेका बेला अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि विवाद सिर्जना भएको थियो । र, सोही समूह पक्षधरले सिटीहमा तोडफोडमा गरेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले बिरोध गरेका थिए ।