९ मंसिर २०८१, आइतबार 1732440314
Banner

‘आव २०७९/०८०मा ६५६ मुद्दा तामेलीमा’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरेका ६५६ वटा उजुरी तामेलीमा राखेको छ । गत आर्थिक वर्षमा अख्तियारले राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

आब २०७९/०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए । अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो ।

एक वर्षमा १८ हजार ७७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको अख्तियारले जनाएको छ ।

‘जसमध्ये ११३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी उपर सुझाव दिई तामेली थरिएको र ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ’, प्रवक्ता भोला दाहालले भने ।

उनका अनुसार विस्तृत अनुसन्धान भएका उजुरीमध्ये पनि ८७८ वटा तामेलीमा राखिएको छ । १६२ वटामा उजुरीमा मुद्धा दायर भएको छ भने ६३ वटा सम्वद्ध निकायलाई सुझाव दिइएको, २३ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको छ ।