काठमाडौं । चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट सल्यानको छत्रेश्वरी गाउँपालिका–३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारीका अनुसार छत्रेश्वरी गाउँपालिका–३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार चितुवाले ३ वटा कुखुरा पनि मारेको थियो । त्यही हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको थियो ।