२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:29 pm
Banner

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

सूचना प्रेस २०८० आश्विन १६ मंगलबार ००:००, ०५:४४ बजे १ मिनेट पढाइ

विराटनगर । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मत ल्याएका थिए ।

उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्वारिोध भएका छन। सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भए । उनले ५३४ मत प्राप्त गरेका छन उनका प्रतिष्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे । यस्तै उपसचिवमा झापाकी जलवर्षा राजवंशीले ६२८ मत प्राप्त गरेर विजयी भएकी छन् । अर्का उपसचिवमा खोटाङका देवान राईले ६१० मत प्राप्त गरे। सदस्यहरुको मत गणना अझै जारी छ ।