काठमाडौं । बाँकेको नेपालगञ्जमा मंगलबारदेखि जारी कर्फ्यू खुकुलो पारिने भएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यू खुला गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। बेलुकी भने कर्फ्यू जारी रहनेछ।
जिल्ला सुरक्षा समितिको बैठक अहिले पनि जारी छ । बिहीबारको अवस्थालाई हेरेर शुक्रबारका लागि निर्णय गर्ने केसीले बताए। मंगलबार हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यू लगाएको थियो।