९ कार्तिक २०८१, शुक्रबार 1729879376
Banner

कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता थापाले राजीनामा दिने

काठमाडौं । कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिने भएका छन् ।

कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसकै केदार कार्की मुख्यमन्त्री बनेपछि उनले सो पदबाट राजीनामा दिने भएका हुन् ।

दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिन लागेका हुन् । यसअघि उनी दुईपटक मुख्यमन्त्री बनेका थिए ।