३ मंसिर २०८३, बिहिबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 5:34 am
प्रदेश

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ ग्रहण गर्ने

सूचना प्रेस २०८० आश्विन २८ आइतबार ००:००, ०७:५३ बजे १ मिनेट पढाइ

विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ ।  प्रदेश प्रमुखको कार्यालयले आज मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम राखेको हो ।  

कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।  

नेपाली कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ जना सांसदले सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको हो ।