९ कार्तिक २०८१, शुक्रबार 1729887729
Banner

कोशी प्रदेशमा ३ सदस्य मन्त्रिपरिषद विस्तार

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज मुख्यमन्त्री पदका लागि शपथ लिएका उनले आजै ३ सदस्य मन्त्रिपरिषदको गठन गरेका छन् ।

आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।