९ कार्तिक २०८१, शुक्रबार 1729873015
समाचार

एनआरएन निर्वाचन : एसिया प्रशान्त संयोजकका उम्मेदवार डिपी कँडेलका यस्ता छन् प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक (प्रशान्त) क्षेत्रीय संयोजक पदमा जापानका डण्डपानी उर्फ डिपी कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो कार्यकालमा समेत एसिया प्यासेफिक क्षेत्रको संयोजक बनेर उलेख्य काम गरेका डिपीले आगामी कार्यकाल सन २०२३ – २५ मा बाँकी रहेका अधुरा काम पूरा गर्ने उदेश्यका साथ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

कँडेलले ‘ भावनात्मक एकता, आर्थिक पारदर्शीता, श्रमिकलाई राहत र रुपान्तरित एनआरएनए ’ भन्ने मुल मन्त्रका साथ क्षेत्रीय संयोजकमा उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

जापानमा व्यवसाय गरीरहेका कँडेलले नेपालको हाइड्रो र रेमिट्यान्स क्षेत्रमा लगानी गरेका छन् । सन २००८ देखि नै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएका उनको योगदान एनआरएनएको श्रीबृद्धीमा अतुलनिय रहेको एनआरएनए अभियान्ताहरु सम्झन्छन।

जापानमा बसेर पनि कँडेलले नेपालसंगको साइनो बलियो बनाएका छन् । विभिन्न स्कुलहरुमा इ(लाइब्रेरी, कम्युटर क्लास गर्न बिभिन्न सहयोग गर्नेदेखि ५० जना भन्दा बढी अनाथ, अपाङ्ग बालबालिका राख्न कर्लिम कल्याण कोष नामक फाउन्डेसनका संस्थापक संरक्षक समेत हुन् । नेपाली कला, सस्कृतिको जगेर्ना गर्न तथा फेरी गुरुकुल सस्कृतिको शुरुवात गर्ने उदेश्यका साथ धार्मीक महायज्ञ संचालन गर्ने अभियान समेत चलाएका थिए।

को हुन् डिपी कँडेल ?

सन २००८ देखि गैरआवासीय नेपाली संघमा आवद्ध भएका डिपी कँडेल सन २०१० – ११ को एनसिसि जापानको केन्द्रीय कार्यसमिति सदस्य पदबाट औपचारिक संस्थागत जिम्मेवारीमा प्रवेश गरेका थिए। दुई कार्यकालसम्म जापानको केन्द्रीय कार्यसमिति सदस्य बनेका थिए।

त्यसपछि सन २०१७९१९ को एनआरएनए जापानको कार्यसमितिमा सल्लाहकारका रुपमा सक्रिय भए त्यसपछि सन २०१९– २१ मा एनसिसि जापानबाट निर्विरोध आईसीसी सदस्य पदमा चयन भएपछी उनको अन्तरराष्ट्रिय यात्राको प्रारम्भ भयो ।

बिभिन्न पदहरुमा कुशल भूमिका निर्वाह गर्दै एनआरएनएको विभिन्न समाजिक अभियानमा जुटेका कँडेल सन २०२१– २३ कार्यसमितिमा एसिया प्यासेफिक संयोजक बनेका थिए ।

यस्ता छन् उनका प्रतिबद्धता

१. एनआरएनए आईसीसीले अख्तियारी गरेका कार्यक्रमहरु एसिया प्यासिफिक क्षेत्रमा रहेका एनसीसी समक्ष पुर्याइ पूर्ण कार्यन्वयन गर्नेतर्फ काम गर्नेछु।

२. एसिया प्यासिफिक क्षेत्रभित्र रहेका एनसीसीहरुमा कयम समस्याहरुलाई समाधानका उपायहरु बटुली समाधानका लागि कार्यन्वयन गराउनुका साथै आवश्यक जटिल विषयहरुलाई सुचीकृत गरि एनआरएनए मार्फत सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्नेछु।

३. थाइल्याण्ड र म्यानमारमा रहेका पिएनओ का मागलाई पूर्ण कार्यन्वयनका लागि अहिले सम्बन्धित ठाउँमा कुरा पुर्याइसकेको र अब त्यसलाई पूर्ण कार्यन्वयनका लागि पुनः पहल गर्नेछु।

४. सामाजिक सुरक्षा कोषलाई अझै थप प्रभावकारीरुपमा वास्तविक आवश्यकिय वर्गसम्म पुग्नेगरि कार्यन्वयनमा ल्याउन एसिया क्षेत्रको तर्फबाट पहल गर्नेछु ।

५. एसिया प्यासेफिक क्षेत्रको आफ्नै सचिवालय र बैंक खाता संचाल गरि,एसिया प्यासिफिक फण्ड स्थापना गरि,भइपरी आउने र अति विकट तथा बिपन्न क्षेत्रका शिक्षा र स्वास्थ्यका लागि टेवा पुर्याउन प्रभावकारी पहल गर्नेछु ।

६. अन्त्यमा,विदेशमा हुर्किँदै गरेका दोस्रो पुस्ताका एनआरएनएका रुपमा परिचित बालबालिकाहरुलाई मूलभूमी नेपालको भाषारकला तथा संस्कृतिबारे आवश्यक ज्ञान प्रदान गरि नेपालसंग जोड्ने विविध प्रभावकारी कार्यक्रमहरु संचालन गर्नेछु ।