२३ असार २०८३, मंगलबार 1783483034
Banner

अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या

काठमाडौं – अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेको छ।  

अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीको गोली लागेर हालसम्म २२ जनाको मृत्यु र ६० जना भन्दा बढी  घाइते भएका छन्। प्रहरीले बन्दुकधारीको खोजी गरेपनि हालसम्म फेला पार्न सकेको  छैन।

बन्दुकधारीले अमेरिकाको विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गर्दै हिडेको प्रहरीले बताएको छ। बन्दुकधारी पक्राउ नपरेसम्म  प्रहरीले स्थानीयलाई बाहिर ननिस्कन आग्रह गरेको छ। यो घटना बारे अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि जानकारी गराइसकिएको र घटनाक्रम बारे निरन्तर अपेडट दिइएको पनि बताइएको छ।

अस्पतालमा ठूलो संख्यामा घाइतेहरुको उपचारका लागि तयारी अवस्थामा रहन प्रहरीले निर्देशन दिईसकेको छ । प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै पहिचानका लागि सहयोगको आग्रह समेत गरेको छ।