११ आश्विन २०८३, आइतबार 9:45 pm
Banner

१४ गतेका लागि तय भएको एमालेको चियापान कार्यक्रम सरयो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १५ गते लाई सारेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी गराउनुभएको छ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ठीक १२ः१५ बजेबाट सुरु हुनेछ ।