८ मंसिर २०८१, शनिबार 1732425125
Banner

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको समाचार संस्था सीएनएनले जनाएको छ । लीलाई अक्टुबर २६ मा अचानक हृदयाघात भएको र अक्टुबर २७ को स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ ।

६८ वर्षीय नेता ली गत मार्च महिनासम्म प्रधानमन्त्री थिए । उनी दुई पटक प्रधानमन्त्री भएका थिए ।

ली खछ्याङ राष्ट्रपति सी चिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरीयताका नेता थिए ।