९ कार्तिक २०८१, शुक्रबार 1729873031
विश्व

भारतमा आपसमा रेल ठोकिँदा १३ जनाको मृत्यु

काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुईवटा रेल आपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । त्यसैगरी, ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किँदा सो दुर्घटना भएको हो । घटनामा परी १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

यसअघि गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।