९ कार्तिक २०८१, शुक्रबार 1729858283
पालिका

सूर्यविनायकले ५० प्रतिशतमा गहुँको बिउ वितरण गर्ने, पहिलोलाई प्राथमिकता

काठमाडौं । सूर्यविनायक नगरपालिकाले सहुलियत दरमा गहुँको बिउ वितरण गर्ने भएको छ ।

नगरपालिकाले सोमबार एक सूचना जारी गरी सो जानकारी दिएको हो । नगरपालिकाका अनुसार आव २०८०/८१को स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदान र कृषकको तर्फबाट ५० प्रतिशत नगद लागत साझेदारीमा १५ गते गाहुँको वितगरण गर्न लागिएको हो ।

प्रतिपाकेट अर्थात ६ केजी ३६० लागत तिर्नुपर्ने नगरद्वारा जारी सूचनामा उल्लेख छ । बिउँ कम भएकाले पहिले आउनेलाई प्रथमिकता दिइने पनि सो सूचनामा उल्लेख छ ।