बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी लुम्बिनी आइपुगेका हुन् ।
एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट आउन केही समय ढिला हुने भए पनि प्रधानमन्त्री दाहाल पहिले नै यहाँ पुगेका हुन् । लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी विकासकोषका उपाध्यक्ष डा. ल्यारकल लामालगायतले स्वागत गरेका छन् ।
प्रधानमन्त्रीलाई यहाँ विकास कोषका पदाधिकारीलेहरुले स्वागत गरेका थिए।