१६ मंसिर २०८१, आइतबार 1733106439
Banner

गठबन्धनले महिला प्रतिनिधित्व घट्न सक्ने

काठमाडा । गठबन्धनले महिला प्रतिनिधित्व घट्न सक्ने सरोकारवालाहरुको अनुमान छ । राष्ट्रिय महिला आयोगद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले हाल दलहरूबीच जारी गठवन्धनको माहोलले राजनीतिमा महिला प्रतिनिधित्वमा कमी आउन सक्ने भन्दै राजनीतिक दलका नेतृत्वहरूलाई स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिला अनिवार्य महिलाको प्रतिनिधित्व हुने वातावरण सुनिश्चित गराउन दबाब दिनुपर्ने बताएका हुन् ।

सो अवसरमा प्रतिनिधी सभा सदस्य सरिता न्यौपानेले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदका उम्मेदवारी दिन राजनीतिक दलले सहयोग र हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विभिन्न राजनीतिक दलको नेतृत्व सम्हालेका र विगतको निर्वाचनबाट प्रमुख र उपप्रमुखको भुमिकामा राम्रो काम गरेर जनताको मन जितेर महिला नेतृहरूले सावित गरेकाले उहाँहरूलाई अब प्रमुखको भुमिकामा पुग्न सक्ने गरी दलले टिकट दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले एकै दल निर्वाचनमा सहभागी हुँदा प्रमुख र उपप्रमुखमध्ये एक महिलालाई दिनुपर्ने वाध्यकारी प्रावधान गठवन्धन गर्दा लागु भएन भने महिलाको प्रतिनिधित्व स्वतः घटेर जाने सम्भावना रहने बताउनुभयो । उहाँले आयोगले दलगत आधारमा नभई जुनसुकै दलबाट प्रतिनिधित्व भएपनि संविधानले नै निश्चित गरेको कम्तिमा हरेक तहमा ३३ प्रतिसत महिलालाई नेतृत्व दिनुपर्ने र सङ्ख्यात्मक हिसामा त्यो भन्दा पनि बढि प्रतिनिधित्व हुने गरी दबाब, सुझाव सम्वन्धीत ठाउँसम्म पु¥याउने बताउनुभयो ।

सो अवसरमा पूर्व सुचना आयुक्त कृष्णहरि बास्कोटाले राजनीतिमा मात्र नभई, उद्योग, व्यवसाय, विभिन्न संस्थालगायत घरमै पनि नेतृत्व लिने वातावरणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनसङ्ख्याकै अनुपातमा महिलाको राजनीतिमा सहभागिता हुुनुपर्नेमा जोड दिंदै महिलाका लागि राज्यले ल्याएका विभिन्न सुविधाका बारेमा पनि सुसुचित गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले पनि महिलामाथिको विभेदको खाडल पुर्न राजनीतिमा महिलालाई जनसङ्ख्याका आधारमा सहभागिता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी वियोण्ड बेइजिङ कमिटिका अध्यक्ष सुशिला श्रेष्ठले सो कमिटिले महिलामाथि हुने सबै प्रकारका भेदभाव विरूद्ध जागरणमुलक काम गर्ने क्रममा शिक्षा, स्वास्थ्य, हरेक क्षेत्रको सहभागिताको सुनिश्चित गर्न कार्यक्रमहरू गर्दै आएको बताउनुभयो ।