१२ श्रावण २०८३, मंगलबार 1785247181
Banner

अध्यक्ष ओली आज बाँके र बर्दीयाका कार्यक्रममा सहभागी हुनुहुने

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाँके र बर्दीयामा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आज त्यसतर्फ जाँदैहुनुहुन्छ । बर्दीयामा आयोजना गरिएको नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम अधिवेशनलाई अध्यक्ष ओलीले दिउसो साढे १२ बजे उद्ध्घाटन गर्ने कार्यक्रम रहेको संगठनकी अध्यक्ष शान्ता चौधरीले जानकारी दिनुभयो ।

त्यसअघि बाँकेको नेपालगञ्जमा अध्यक्ष ओलीले विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम छ । एमाले नेपालगञ्ज उपमहानगरका अध्यक्ष दत्तप्रसाद आचार्यका अनुसार नेकपा (एस) का जिल्ला उपसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा,बाँके जिल्ला अध्यक्ष राजु तामाङ,उपाध्यक्ष मिलन तामाङ लगायत ठूलो संख्यामा एमाले प्रवेशको कार्यक्रम छ ।

होटल सिद्धार्थमा आयोजना गरिने कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तहको चुनावको तयारीका लागि नेता कार्यकर्ताले निवार्ह गर्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षणा दिने कार्यक्रम रहेको छ । प्रशिक्षणमा जिल्ला कमिटीका सबै सदस्य,आठवटै पालिका कमिटीका सदस्य,जनवर्गीय संगठनका केन्द्र र जिल्लाका पदाधिकारी,८१ वटै वडाका पदाधिकारी र टोल कमिटीका अध्यक्षहरु सहभागी हुनेछन् ।

बाँकेबाट स्थलमार्ग भएर अध्यक्ष ओली बर्दिया जानुहनेछ । उहाँ आजै काठमाडौ फर्कने कार्यक्रम छ ।