९ कार्तिक २०८१, शुक्रबार 1729850556
Banner

कोशी प्रदेश मुख्यमन्त्रीमा कांग्रेसले नै माओवादीका नेता अघि सार्दा नयाँ समीकरण बन्यो : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसकै मन्त्रीहरुले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नंं१ को सम्मेलनलाई सम्बोधनका क्रममा उनले मन्त्रीमाथि यस्तो आरोप लगाएका हुन् ।

कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले काम गर्न नसकेको बताए । सो क्रममा उनले कोशी प्रदेशको प्रसंग कोट्याउँदै कांग्रेसका नेताहरुले माओवादी सामु गएर तिम्रै पार्टीको यो मान्छेलाई मुख्यमन्त्री बनाउ भनेकाले कोशी प्रदेशमा नयाँ समीकरण बनेको बताए ।

‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ रु’ कोइरालाले भने, ‘कोशीमा नयाँ एक्सपेरिमेन्ट हो। हेरौं कसरी अगाडि बढ्छ ।’