काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।
सर्वोच्च अदालतले फैसला सुनाएकै दिन उनी भर्खरै मात्र पक्रउ परेका हुन् । उनलाई प्रहरीले उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जबाट पक्राउ गरेको एसपी सुवासचन्द्र बोहराले बताए । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।