४ भदौ २०८३, बिहिबार 1787220401
Banner

जाजरकोट भूकम्पमा परेर कम्तीमा ७० जनाको मृत्यु

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ बजे गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ७० पुगेको छ।

अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरेर कम्तीमा पनि ७० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित कम्तीमा १० जनाको मृत्यु भएको छ।

अहिलेसम्म कुम पश्चिममा मात्रै २७ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। दुई जिल्लामा गरेर सयौँ घाइते भएका छन्। मध्यराति भूकम्प गएको कारण धेरै मानवीय क्षति भएको हो। गएराति जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।