९ कार्तिक २०८१, शुक्रबार 1729836037
Banner

जाजरकोटमा आजसम्म कति परकम्प गए ?

गएको शुक्रबार भूकम्प गएयता सोमबार बिहानसम्म जाजरकोटमा ३८२ परकम्प मापन गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यीमध्ये चार म्याग्निच्युडदेखि माथिका सात परकम्प गएका छन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

चार म्याग्निच्युडदेखि माथिका सात परकम्पमध्ये ‘ठूलो’ शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४।६ म्याग्निच्युडको धक्का थियो ।