काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।
कर्णाली, जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारण देखाउँदै माओवादी केन्द्रले तत्कालका लागि सो प्रदर्शन स्थिगित गरेको हो ।
नेकपा माओवादी केन्द्रले गर्ने भनिएको जनप्रदर्शनलाई लिएर चौतर्फी विरोध हुँदै आएको थियो ।
महासचिव देव गुरुङका अनुसार काठमाडौं केन्द्रित जनप्रदर्शन कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शन कार्यक्रम हुने भएका छन् ।
गत १७ देखि २२ साउनमा बसेको पार्टी केन्द्रीय समिति बैठकले विशेष रूपान्तरण अभियानअन्तर्गत तेस्रो चरणमा जनपरिचालन, अन्तरक्रिया, विचार गोष्ठी र सभाहरू गर्ने निर्णय गरेको थियो ।