९ कार्तिक २०८१, शुक्रबार 1729836777
Banner

क्रिकेट खेल्ने क्रममा वीरगञ्ज महानगरका मेयरको भाचियो हात, नर्भीकमा उपचार हुँदै

काठमाडौं । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको हात भाँचिएको छ ।

महानगरपालिकाका सूचना अधिकारी अरविन्दलाल कर्णका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत क्रिकेटको उद्घाटन गर्दा मेयर सिंहको दाहिने हात फ्रयाक्चर भएको हो ।
मेयर सिंहको हाल काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।

‘यो कुरा अस्ति (शनिबार)को हो । जिल्ला प्रहरी कार्यालय पर्सामा समुदाय प्रहरी साझेदारीको कार्यक्रम थियो । त्यहाँ क्रिकेट उद्घाटनका लागि खेल्ने क्रममा रन लिन दौडिँदा खुट्टा मोडिएर लड्नु भयो र हात फ्रयाक्चर भयो । यहाँको डाक्टरहरूले काठमाडौं लैजानु भन्ने सल्लाहपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । हिजो शल्यक्रिया भइसकेको छ । दाहिने हातको रिष्ट बोनमा चोट लागेको थियो,’ उनले भने ।