८ कार्तिक २०८१, बिहिबार 1729829917
Banner

काठमाडौंले पठायो नेपाली सेनाको हेलिकोप्टरमार्फत् भूकम्प पीडितलाई राहत

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई राहत सामग्री पठाएको छ ।

सोमबार महानगरले नेपाली सेनाको जहाजमार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामाग्री पठाएको हो ।

काठमाडौं महानगरका मेयर बालेन शाहले थप इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिए सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
गएको शुक्रबार रातिको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।