८ कार्तिक २०८१, बिहिबार 1729821624
Banner

नवलपरासीमा जिप दुर्घटना ६ जनाको मृत्यु

काठमाडौं । नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

आज बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप एस मोड भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । एकजना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । मृतकमध्ये तीन महिला तीन पुरुषरहेका छन् । जिपमा ७ जना सवार थिए । तस्बिरः विष्णुप्रसाद गौडेल / रासस