९ भदौ २०८३, मंगलबार 1787660005
Banner

टिकटक बन्द गर्नु उचित होइन, अराजकता र छाडापन रोक्ने हो: शंकर पोखरेल

काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमनका नाममा सामाजिक सञ्जाल बन्द गर्ने कुरा उचित नभएको बताउनु भएको छ।

सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताउनुभएको हो ।

अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य नभएको बताउँदै उहाँले कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको बताउनु भयो।