९ कार्तिक २०८१, शुक्रबार 1729887629
Banner

टिकटक प्रतिबन्धविरुद्धको रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरुमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै आज कानुन व्यवसायीहरुले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आठ वटा रिट दर्ता भएको जानकारी दिनुभयो । आज अधिवक्ता डा. सुनिल रंजन सिंह समेतले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।